परिचय // Introduction
नेपाल सरकार सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस कामना बचत तथा ऋण सहकारी संस्था लि. (Kamana Saving & Credit Co-operative Ltd.) को प्रधान कार्यालय भिमाद नगरपालिका वडा नं.६, पोखरीटोल तनहूँमा अवस्थित छ । यस संस्थामा स्थानीय प्रतिष्ठित एवं प्रवुद्ध व्यवसायिक उद्योगी वर्ग तथा वित्तीय क्षेत्रमा लामो समयको कार्य अनुभव प्राप्त गरिसकेका व्यक्तिहरू अवद्ध छन् ।यस क्षेत्रका समुदायमा छरिएर रहेका निस्क्रिय पुँजीलाई वित्तीय बजारमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक व्याज प्रदान गरि एकिकृत गरिएको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने तथा आफ्ना शेयर सदस्यहरूलाई समय सुहाउँदो उचित ब्याजदरमा छिटो छरितो र सहज ढङ्गबाट कर्जा प्रवाह गरि सक्षम व्यवसायी बनाउनुका साथै खुल्ला बजारको निर्माण गर्नु नै यस संस्थाको मूल उद्देश्य रहेको छ ।
परिकल्पना // Vision
“समाजमा स्थापित उत्कृष्ट, दिगो, व्यवसायिक वित्तीय सहकारी संस्थाको रुपमा”
ध्येय // Mission
“सहकारी सिद्धान्त अनुरुप उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै सदस्यहरुको आर्थिक, सामाजिक र सास्कृतिक जीवनस्तर उकास्ने संस्थाको रुपमा”
उद्देश्य // Objective
- सदस्यहरुको आवश्यकता परिपूर्ति गर्नका लागि एकजुट भई काम गर्न प्रोत्साहित गर्ने,
- सदस्यता वृद्धि गर्ने,
- आर्थिक तथा सामाजिक जीवनस्तर उकास्ने,
- बैंकिङ्ग कारोवार गर्न सक्षम बनाउने,
- आयमूलक,सीपमूलक,सेवामूलक र रोजगारमूलक कार्यहरु सञ्चालन गर्ने आदि।
व्यवस्थापन // Management
“सदस्य महानुभावहरुको सन्तुष्टि नै यस संस्थानको सन्तुष्टि एवं सफलता हो” भन्ने मूल नारालाई अघि सर्दै दैनिक कारोवार संचालन गर्न तथा संचालक समितिले तोकेको नीतिको नीति तथा कार्यक्रमलाइ प्रभाबकारी ढंगले कार्यन्वयन गर्न समितिबाट कार्यकारी पदाधिकारी थत दक्ष्य एवं अनुभवी कर्मचारीहरुको नियुक्ति गरिएको छ।
शेयर पुंजी // Share Capital
शेयर पुँजी (Share Capital): यस संस्थाको शेयर पुँजी रु.१५०००००००/- (पन्ध्र करोड रुपैयाँ) कायम गरि उक्त रकमलाई क्रमिक रुपमा चुक्ता पुँजीमा परिणत गर्दै लगिने छ ।
संचालक समिति // Management Committee
अध्यक्ष – श्री गोपाल प्रसाद पराजुली
उपाध्यक्ष – श्री टुकामणी सिग्देल
सचिव – श्री महेन्द्रराज सुवेदी
कोषाध्यक्ष – श्री लुद्रविर वि.क.
सदस्य – श्री टेमन बहादुर नेपाली
सदस्य – श्री विष्णुभक्त सुवेदी
सदस्य – श्री उदय राज सुवेदी
सदस्य – श्री निमाकान्त पौडेल
सदस्य – श्री सिता श्रेष्ठ
सदस्य – श्री शोभा थापा
प्रवन्धक – श्री इन्द्र प्रसाद पोखरेल
लेखा समिति संयाेजक – श्री राजु परियार
लेखा समिति सदस्य – श्री शिवदत्त चापागाई
लेखा समिति सदस्य – श्री नारायण कैलाश सिग्देल
ऋण उप-समिति संयोजक – श्री टुकामणी सिग्देल
ऋण उप-समिति सदस्य – श्री रण बहादुर गुरुङ
ऋण उप-समिति सदस्य – श्री बल बहादुर थापा सारु
